चीनको आर्थिक सुधार २००९ यताकै कमजोर 

काठमाडौं । चीनको आर्थिक वृद्धिदर सन् २०१८ को तेस्रो त्रैमासिक अवधिमा २००९ यताकै कमजोर बन्न पुगेको छ । ऋण तथा व्यापारयुद्धको जोखिमको कारण चीनको अर्थतन्त्र कमजोर बन्न पुगेको हो । 

चिनियाँ अधिकारीहरुले दिएको जानकारीअनुसार धेरै चुनौतीहरुको सामना गरिरहेको कारण चिनियाँ अर्थतन्त्र तुलनात्मकरुपमा केही कमजोर बन्न पुगेको हो । 

उक्त तीन महिनाको अवधिमा चीनको अर्थतन्त्रमा छ दशमलव ५ प्रतिशतको वृद्धिदर हासिल गरेको हो । यो नतिजा दोस्रो त्रैमासमा छ दशलमव ७ प्रतिशतमा रहेको थियो । यसअघि विश्लेषकहरुले भने सो अवधिमा छ दशलमव ६ प्रतिशतको आर्थिक सुधारको अनुमान गरेका थिए ।

सो अवधिको लागि हासिल भएको आर्थिक सुधार चीनको लागि सन् २००९ को पहिलो त्रैमासयताकै सबैभन्दा कमजोर नतिजा हो । अहिले सार्वजनिक भएको नतिजाले वर्षको अन्तिम तीन महिनाको आर्थिक नतिजा पनि कमजोर रहनसक्ने विश्लेषकहरुले बताएका छन् । 

शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार चीनका अधिकांश आर्थिक सूचकहरुमा गिरावट आएको देखिएको छ । आगामी वर्षको लागि चीनको आर्थिक क्षेत्र कमजोर रहनसक्ने केही विश्लेषकहरुको भनाइ छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *